वार्षिककोत्सवको अवसरमा कामनासेवाको विभिन्न कार्यक्रम सम्पन्न

वार्षिककोत्सवको अवसरमा कामनासेवाको विभिन्न कार्यक्रम सम्पन्न

पथरी, कामना सेवा विकास बैंकले आफ्नो १३ औं वार्षिकोत्सव देशैभर विभिन्न कार्यक्रम गरि मनाएको छ । सोही अवसरमा प्रदेश १ मा रहेका १३ वटा शाखा कार्यालयहरुको सहभागितामा मोरङको मधुमल्लामा पर्ने मावा नुनसरी सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम समेत गरेको छ । कार्यक्रममा प्रदेश भरीका शाखा कार्यालयमा कार्यरत कर्मचारीहरु, ईलाका प्रहरी कार्यालय मधुमल्ला तथा स्थानियको उपस्थितीमा बैंकले बजार सरसफाई कार्यक्रम, वृक्षरोपण गरौ वन जोगाऔँ, हरियो वन नेपालको धन लगायतका नारा सहित बजार परिक्रमा समेत गरेको थियो ।

१३ औ वार्षिक उत्सवकै अवसरमा कार्तिक २७ गते बैंकले कारोबार सुरु गरेको तथा औपचारिक उद्घाटन हुन बाँकी रहेका ५२ वटा शाखा कार्यालय तथा केन्द्रियकार्यालय भवनको एकै साथ डिजिटल उद्घाटनको रुपमा अर्थमन्त्रि डा. युवराज खतिवडाले गरेका थिए । बैंकले सोहिदिन विभिन्न शाखा कार्यालयको मार्फत विभिन्न किसिमका सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम गरेको थियो । त्यसका साथै फुड फर लाईफ नामक एक संस्थालाई बैंकमा कार्यरत कर्मचारीहरुबाट प्रतिदिन रु.१ संकलन गरि आएको कुल रकम रु.१ लाख १२ हजार ९० रुपैँया हस्तान्तरण गरेको छ ।

यस्तै प्रदेश–१ मा रहेको पाडाँजुगी शाखामार्फत कमलगाउँपालिका वार्ड नं. ५ लाई पाडाँजुगी चोकमा सि.सि. क्यामरा संचालन गर्नको लागि आर्थिक सहयोग गरेको छ ।

कार्यक्रममा कामना सेवा विकास बैंक प्रदेश–१ का प्रदेश प्रमुख सुजन छाराहाङ राईले बैंकको तर्फबाट बोल्दै पोखरामा रहेको राष्ट्रिय स्तरको विकास बैंक कामना बिकास बैंक र बुटवलमा रहेको क्षेत्रिय स्तरको विकास बैंक सेवा विकास बैंक एक आपसमा गाभिएर कामना सेवा विकास बैंक बनेको बताए । कामना सेवाविकास बैंकले हाल १०३ वटा शाखा कार्यालय तथा ५० भन्दा बढि एटिएम मार्फत सेवा दिइरहेको छ । ग्राहकमुखिभई आधुनिक बैंकिङ सुविधा प्रदान गरिरहेको यस विकास बैंकले प्रदेश १ मा १३ वटा शाखा कार्यालय संचालन गरिरहेको र निकट भविष्यमा प्रदेश १ मा पूनः ३ वटा थपशाखा संचालन गरिने जानकारी दिए ।

राईले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजलाई प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरुमा आर्थिक तथा अन्य सहयोग गर्नुपर्ने भएकोले यस अन्तर्गत आज काकार्यक्रमहरु गरेको बताए । आउँदा दिनमा प्रदेश–१ मा हरेक महिना कुनैपनि शाखाबाट कम्तिमा एउटा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम गर्ने लक्ष्य रहेको बताए ।
आजको वृक्षरोपण गरिएका २०० वटा विरुवा ठुलो भएर नहुर्किन्जेल सम्म बैंकले त्यसको संरक्षण गर्ने जिम्मा पनि लिएको बताउनु राईले बताए ।

सम्बन्धित खवर