प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौलाको तेस्रोपटक डायलाइसिस गरिने भएको छ
राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा शनिबार प्रधानमन्त्री ओलीको डायलाइसिस गर्न लागिएको बालुवाटार स्रोतले जनाएको छ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनले ५ भदौमा फेरि सिंगापुर पुगेर फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गराएका थिए ।
पछिल्लो उनको मृर्गौलामा थप समस्या देखिएपछि डायलाइसिस थालिएको छ ।
