नगरपालिकाका दुवैजना हाकिम बिदेशमा, सेवाग्राहीलाई सास्ती

नगरपालिकाका दुवैजना हाकिम बिदेशमा, सेवाग्राहीलाई सास्ती

भीमराज अधिकारी, पथरी

स्थानीय तह आयो अब काम गर्न सहज हुन्छ भन्ने ठानेका जनताले अहिले सास्ती खेप्नु परेको छ । नगरमा २ जना उपसचिव छन् तर दुवैजना बिदेशमा भएपछि काम कस्ले गर्ने ? सेवाग्राही नगरपालिका आएर कामै नभएपछि निरास बनेर फर्किन बाध्य छन् ।

मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद धमला यतिबेला चाइनामा तालिममा रहेको सूचना छ । कार्तिक २४ गते देखि मंसिक १० सम्म तालिममा सहभागी रहने जानकारी रहेको नगर प्रमुख दिलिप कुमार राईले जानकारी दिनुभयो । संघीय सरकारसंगको सहाकार्यमा संचालन हुने सो तालिम अवधीभरका लागि नगरको सम्पूर्ण काम कार्वाहीका लागि शिक्षा शाखा प्रमुख (उपसचिव) सालिग्राम काफ्लेलाई जिम्मेवारी दिएको नगरप्रमुख राईले जानकारी दिनुभयो । तर यतिवेला निमित्त प्रमुखको जिम्मेवारी पाएका काफ्ले भने भारत भ्रमणमा छन् । कार्तिक २७ गते नगरका सामुदायिक विद्यालयहरुका प्रधानध्यापकहरुको टिममा काफ्ले पनि भ्रमणमा हुइकीएपछि नगरको काम प्रभावित भएको हो । काफ्ले भ्रमण सकेर मंसिर १ गते मात्रै फर्कने सुनिएको छ । २ गते सोमबारबाट मात्रै कार्यालय आइपुग्ने समय तालिकाले गर्दा नगरमा सेवाग्राही मारमा परेका छन् । यसअघि पनि नगरमा प्रमुख प्रशासकीय अधिकृत निकै कम समय मात्र बस्ने गरेको गुनासो जनप्रतिनिधिहरुबाटै आइरहेको थियो ।

‘यस्तो अवस्थामा एकजना त अफिसमा हुनुपर्ने हो तर निमित्त पाउनुभएको सर पनि भ्रमणमा निस्कनुभयो । केही समस्या होला यदि त्यस्तो अवस्था भएमा नगर प्रमुख र उपप्रमुखलाई नै भेट्नुहोला’ नगरप्रमुख राईले भन्नुभयो ।

  ग्यान्टोक घुम्दै सालिग्राम काफ्ले
                                                                                      ग्यान्टोक घुम्दै सालिग्राम काफ्ले

पथरीशनिश्चरेका १ का मसन्त बहादुर राई जेष्ठ नागरिक परिचय पत्रमा सहि गराउन ४ पटक आउदा सम्म काम नभए पछि निरास हुदै फर्किए । ४ दिन नगर धाएपछि उनले थाहा पाए जिम्मेवार कर्मचारीहरु तालिम, बिदा र भ्रमण लागेका रहेछन् दुःख हामी जनताले नै त भोग्नु पर्ने रहेछ नि राईले संचारकर्मी संग गुनासो गरे ।

यस्तै नगरको टेन्डर परेपछि सम्झौताका लागि इटहरीबाट २ पटक सम्म धाउदापनि हाकिम नभएको भन्दै फर्किन बाध्य भएको प्रेम रायमाझीले बताए । संझैता गर्नु पर्ने समय कम छ तर पटक पटक आउदा सम्म हाकिम, तथा जिम्मेवार कर्मचारी नहुदा सास्ती ब्याहोनु परेको रायामाझीले बताए । एक त कर्मचारी अभाव छ भएका कर्मचारीहरु पनि बिदा, काज र भ्रमणमा हिड्ने गरेका छन् । केहि दिन अगाडी वडा नंबर ४ का वडाध्यक्ष गोबिन्द बहादुर भण्डारीले पत्रकार सम्मेलनमा भनेका थिए “प्रमुख प्रसासकीय अधिकृत अम्बिका प्रसाद धमला अधिकांश समय बिदामा बस्ने, कार्यलय नआउने, हप्ता भरिको काम एकै पटक आएर गर्ने गर्नाले प्रशासनिक काममा समस्या भएको बताएका थिए” ।

सम्बन्धित खवर