भीमराज अधिकारी, पथरी
समुदाय प्रहरी कार्यक्रम फितलो भएको पाइएको छ । शुक्रबार इलाका प्रहरी कार्यालय पथरीले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको ग¥यो । सो कार्यक्रममा पथरी इलाका क्षेत्रका २ वटा पालिका पथरीशनिश्चरे र कानेपोखरी गाउँपालिकका जनप्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रममा सहभागी अधिकांशले समुदाय प्रहरी र लागूऔषधको कुरा गरे तर प्रहरीले कार्यक्रममा लागूऔषध प्रयोगको अवस्था र समुदाय प्रहरी साझेदारीका कुनै तथ्याङ्क नै प्रस्तुत गरेन ।
प्रत्येक वडामा समुदाय प्रहरी साझेदारीका लागि समितिहरु बनाएको भएता पनि मिटिङ, बैठक र अन्य कार्यक्रमले निरन्तरता नपाएको देखिएको छ । समुदाय प्रहरी साझेदारीका हाल सम्मका उपलब्धीहरु पनि पेश नगर्दा, वक्ताहरुले हाल सम्म पनि त्यस्ता कार्यक्रम संचालनका लागि समुह मात्रै गठन गर्ने तर काम नभएको बताइरहँदा कार्यक्रम फितलो रहेको बुझिएको हो । अधिकांस वक्ताहरुले पछिल्लो समय युवायुवतीहरुमा लागूपदार्थ दुव्र्यसनी बढ्दो क्रममा रहेको चर्चा गरे । विद्यालय, चोक, वनजंगल लगाएतका क्षेत्रमा लागूऔषध प्रयोगको मात्रा बढिरहेको औँल्याएका थिए । कार्यक्रमका अधिकांसले दुव्र्यसनी बढेको पनि बताए ।
कार्यक्रममा सिटी सफारी, ई–रिक्सा व्यवस्थापन, भाडादर, पार्किङ, प्रहरीको सक्रियता, सुरक्षा लगाएतका विभिन्न विषयहरु उठेका थिए । आगामी दिनमा प्रहरी साझेदारी कार्यक्रम, सुरक्षा, लागूऔषध नियन्त्रण गर्ने लगाएतका हरेक कुरामा प्रहरी सक्रिय रहने प्रहरी नायव निरिक्षक लक्ष्मीराज अधिकारीले बताए । लामो समयदेखि पहल भइरहेको हसन्दह क्षेत्रमा प्रहरीचौकीका लागि पहल, भातेगौडा, कुशलचोक लगाएतका स्थानमा तत्काल प्रहरी बिटको आवश्यकता रहेको सहभागीहरुले बताए ।
पथरी इलाकामा प्रनाउको दरबन्दि रहेको हुँदा यहाँ ६० जना प्रहरीको दरबन्धी हुने र आगामी दिनमा आफ्नो क्षेत्रका शान्ति सुरक्षाका लागि प्रहरी २४ सै घण्टा तयार रहेको पनि अधिकारीले प्रतिवद्धता जनाए । कुनैपनि कुरामा कम्जोरी नहुने र यदि प्रहरी कर्मचारीबाट त्यस्तो भएको पाइएमा कार्वाही गर्ने पनि अधिकारीले जनाए । आगामी दिनमा हसन्दह, किर्तिपुर, कुशल बजार, होक्लाबारी लगाएतका ग्रामिण क्षेत्रमा समेत समय तालिका मिलाएर ट्राफिक चोक गर्ने, प्रहरी गस्ती गाउँगाउँमा वढि मात्रामा पु¥याउने अधिकारीले बताए ।
कार्यक्रमको प्रमुख अतिथि रहेका नगरर प्रमुख दिलिप कुमार राईले नगरले आवश्यक सहयोग गर्न सदैव तत्पर रहेको बताए । नगर प्रहरी भन्दा अधि नीति निर्माण गर्नुपर्ने भएका कारण हाल नीति निर्माणकै क्रममा रहेको र आगामी दिनमा नगर प्रहरीको पनि व्यवस्थापन गर्ने राईले बताए । आगामी सार्वजनिक सुनुवाइ कानेपोखरीमा हुने पनि अधिकारीले जानकारी दिए ।