गुल्मीमा भएको कानेपोखरीका ३ जनाको हत्याको कारण यस्तो

गुल्मीमा भएको कानेपोखरीका ३ जनाको हत्याको कारण यस्तो

पथरी, केही दिनअघि गुल्मीको चन्द्रकोटमा दुई बालिका र एक महिलासहित तीनजनाको विभत्स हत्याको रहश्य खुलेको छ । यो घटना प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिसकेको छ ।

थाहा खबरले यो समाचार यसरी लेखेको छ ः प्रहरीको विश्वस्त स्रोतका अनुसार एक पुरुष र महिला बीचको शाररिक सम्बन्धकै कारण महिला र उनका दुई छोरीहरुको हत्या भएको खुलेको हो । प्रहरी श्रोत भन्छ हत्या गरिएकी महिला मोरङ्गको साविक कानेपोखरी गाविस वडा नम्वर ३ की थिइन् । उनी पोखरा महानगरपालिका वडा नम्वर २५ स्थित फेदीमा रहेको एक होटलमा काम गर्थिन् । उक्त होटल बाग्लुङ्गको गल्कोट नगरपालिका वडा नम्वर ७ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनारको थियो । ती महिलासँग उनले लसपस (शारारिक सम्पर्क) राख्दै आएका थिए । उनीसहित अर्की महिला पनि उनको होटलमा काम गर्दै आएकी थिइन् । अर्की महिलालाई उनले अर्को होटलमा काम लगाई दिइसकेका थिए । अर्की महिलासँगको शारारिक सम्पर्क राख्दै आएको र ती महिलाले सुनारलाई छाड्न नचाहेपछि उनकी जेठी श्रीमती र पुर्णबहादुर सुनार तनावमा थिए । यही क्रममा घर लगेर राख्छु भन्दै फकाएर उनले शान्तिपुर हुँदै उनलाई ल्याएर आएका थिए । पूर्णबहादुर सहित तीनजना पुरुषले हत्या गर्ने योजना बनाएर आएका थिए । सोही अनुरुपम बाग्लुङ्ग र गुल्मीको सिमानामा पर्ने चन्द्रकोट गाउँपालिका वडा नम्वर ३ , हर्राचौरको उर्लेनी भन्ने अनकन्टार भिर जंगलमा ल्याई ती महिला र उनका दुई छोरीहरुको विभत्स हत्या गरेका थिए । उनका दुई जुम्ल्याहा छोरीहरु थिए । हत्याका योजनाकारमध्ये एक जना फरार भएका छन् । दुईजनालाई भने प्रहरीले सार्वजनिक गरेको छ ।

हत्यारा सार्वजनिक भएको र मृतकको पनि सनाखत भएका कारण थाहा खबरको समाचारमा केही परिवर्तन गरिएको छ ।

सम्बन्धित खवर