कानेपोखरीका ३ जनाको सामुहिक हत्या, गुल्मी प्रहरीले ग¥यो हत्यारा सार्वजनिक

कानेपोखरीका ३ जनाको सामुहिक हत्या, गुल्मी प्रहरीले ग¥यो हत्यारा सार्वजनिक

पथरी, मोरङको कानेपोखरी ५ बाह्रबिगे राईटोलका ३ जनाको हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । गुल्मीमा प्रहरीले ३ जनाको हत्या गर्ने हत्यारालाई पक्राउ गरी सार्वजनिक गरेको हो । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा झण्डै १५ दिन पहिले बेवारिसे अवस्थामा फेला परेका ३ वटा शवको पहिचानसँगै हत्यारा सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले शुक्रबार पत्रकार सम्मेलन गरेर बेवारिसे शवको पहिचान र हत्या गर्ने हत्यारालाई सार्वजनिक गरेको छ । हत्यामा संलग्न बागलुङको गल्कोट नगरपालिका–८ ज्यामिरे बस्ने ४६ वर्षीय पूर्णबहादुर सुनार र १९ वर्षीय माधव सुनारलाई सार्वजनिक गरेको छ । अन्य एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए। कात्तिक १६ गते शनिबार बेवारिसे अवस्थामा फेला परेको शवको हत्यारा पक्राउ परेसँगै पहिचान भएको हो ।

हत्या हुनेहरूमा मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका–५ घर भई हाल पोखरा महानगरपालिका बस्दै आएकी ३२ वर्षीय सरिता भन्ने शिवमाया लिम्बू र उनका ७ वर्षीय जुमल्या छोरी गंगा र जमुना रहेको प्रहरीले सार्वजनिक गरेको छ। दुई बालिकाको निर्ममतापूर्वक हत्या गरिएको घटनाका अभियुक्त दुईजनालाई प्रहरीले पोखरा महानगरपालिका २५ हेम्जाबाट डेरामा बसिरहेको अवस्थामा पक्राउ गरेको थियो। सुनारलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले पक्राउ गरेको हो । फेला परेका ३ वटै शवलाई पोष्टमार्टमपछि गुल्मी अस्पतालमा पछिसम्म राख्न समस्या भएपछि पाल्पा जिल्ला अस्पतालमा राखिएको थियो । शवको पहिचानपछि पोष्टमार्टम गरेर परिवारका आफन्तलाई बुझाइने प्रहरी उपरीक्षक खड्काले बताए ।

हत्या गर्नुको मुख्य कारण कर्तव्य गरी मारेको प्रहरीले खुलाएको छ । तीनजनाको निर्मतापूर्वक हत्या गरी कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अवस्थामा शव फेलापरेको थियो। सार्वजनिक गरिएका २ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताए ।

यता कानेपोखरी ५ का अध्यक्ष चरण गुरुङ हत्या गरिएका तिनैजना आफ्नै वडाका बासिन्दा रहेको बताएका छन् । घर कानेपोखरी भएता पनि उनिहरु पोखरा नै बस्दै आएको पनि गुरुङले बताए ।

थाहा खबरको सहयोगमा

सम्बन्धित खवर