भलिबलमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक

भलिबलमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक

पहिलो अन्तर्रा्ष्ट्रिय प्रतियोगिताको उपाधि जित्ने क्रममा नेपाली महिला भलिबल टोली एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियन बनेको छ ।
नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जित्न महिला टोलीले आज बंगलादेशको ढाकामा भएको फाइनलमा मालदिभ्सलाई ३–० को सोझो सेटमा पराजित र्गयो ।
प्रतियोगिताभर अपराजित रहेको नेपाली महिला टोलीले खेलेका सबै सेट आफ्नो पक्षमा र्पायो । दक्षिण एशियाली खेलकुद सागमा तीन कास्य जिते पनि महिला टोलीले उपाधि जितेको यो पहिलो अवसर हो ।
यसअघि सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा टोलीले रजतपदक जितेको थियो । नेपालको पुरुष भलिबल टोलीले एभीसी सेन्ट्रल जोनकै तेस्रो संस्करणमा कास्य पदक जितेको थियो ।

सम्बन्धित खवर