प्रतिभा समाज सुधारले मनायो १६ औँ वार्षिकोत्सव

प्रतिभा समाज सुधारले मनायो १६ औँ वार्षिकोत्सव

पथरी, मोरङ्गको पथरीशनिश्चरे १० मा स्थापित प्रतिभा समाज सुधार युवा क्लबले १६ औँ वार्षिकोत्सव भब्यताका साथ मनाएको छ। वि.सं २०६० साल कार्तिक २७ गते स्थापना भएको सो क्लबले आफ्नै भवनको प्राङ्गणमा वार्षिकोत्सब मनाउदै क्लबको सक्रियतालाई निरन्तरता दिने प्रण गरेको छ। नगर प्रमुख दिलिप कुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सांगीतिक प्रस्तुतीहरुका साथै दिप प्रज्जवलन गर्दै केक काटेर वार्षिकोत्सव मनाइएको हो।

कार्यक्रममा बोल्दै नगर प्रमुख राईले क्लबले समाज रुपान्तरणमा गर्ने हरेक क्रियाकलापमा नगरपालिको साथ र सहयोग रहने बताउनु भयो। कार्यक्रममा पथरी शनिश्चरे ६ का वडा अध्यक्ष जय बहादुर तामाङ, सिंहवाहिनी मावी विद्यालय व्यवस्थापन समिती अध्यक्ष टंक भण्डारि स्थानिय समाजसेवी केशव दुलाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। क्लबका अध्यक्ष भुवन थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानिय सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको थियो।

सम्बन्धित खवर