अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको विभिन्न स्थानमा एयर क्वालिटी इन्डेक्सले खतराको उच्च विन्दुमा पुगेको बेला प्रदुषण अमेरिकाको लस एल्जल्समा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले इकोनोकिम क्लब अफ न्यूयोर्कमा भएको एक कार्यक्रममा भार, चीन र रुसको प्रदुषण लस एन्जल्स नजिक पुगेको भन्दै समस्या भएको बताए । रुस, चीन र भारतले धुँुवा रोक्न ठोस कदम नचालेको भन्दै आक्रोष व्यक्त गरे ।
ती देशहरुले फोहोर समेत समुन्द्रमा फ्याल्ने गरेको उनको आरोप छ । सोही फोहोर बगेर लस एन्जल्स नजिक पुगेको उनको भनाई छ । यसमा प्लाष्टिक, रसायनिक पदार्थ र अन्य फोहोर रहेको उनले बताए ।
यस्ता फोहोर समुन्द्र हुँदै अमेरिकाको हवाई, क्यालिफोर्नियासम्म पुग्न लागेको उनको भनाई छ । तर विश्लेषकहरुले भने चीन, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड र फिलिपिन्सबाट गएको जनाएका छन् ।