पौवादुङ १ को वडाध्यक्षमा तीन दलको उम्मेदवारी

पौवादुङ १ को वडाध्यक्षमा तीन दलको उम्मेदवारी

 

यही मङ्सिर १४ मा हुने उपनिर्वाचनमा भोजपुरमा तीनवटा दलले उम्मेदवारी दर्ता गराएका छन् । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको वडाध्यक्ष पदका लागि आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङग्रेस र नेपाल मङ्गोल नेशनल अर्गनाइजेशनले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ ।
वडाध्यक्ष पदका लागि नेकपाका तर्फबाट जितेन्द्र राई, नेपाली काङ्ग्रेसका तर्पmबाट समरबहादुर कार्की र मङ्गोल नेशनल अर्गनाइजेशनका तर्फबाट कला राईले उम्मेदवारी दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीका अनुसार पौवादुङ गाउँपालिकाको केन्द्र च्याङ्ग्रमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । मनोनयन दर्ताका लागि मुख्य प्रतिस्पर्धी नेकपा र नेपाली काङ्ग्रेका नेता तथा कार्यकर्ता ¥यालीसहित गाउँपालिका केन्द्र च्याङ्ग्रेमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए ।
वडा नं १ श्यामशिलामा हुन लागेको उपनिर्वाचनमा ८९२ महिला र ७७४ जना पुरुष गरी एक हजार ६ सय १६ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले निर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाएकाले ढुक्क भएर मतदान गर्ने वातावरण रहेको जानकारी दिए । वडाध्यक्ष रुद्धबहादुर पाण्डेको निमोनियाका कारण गत साउन १८ गते मृत्यु भएपछि सो स्थान रिक्त भएको हो ।

सम्बन्धित खवर