बङ्गलादेशसँगको २२ वर्षे व्यापार ः नाफामा नेपाल

बङ्गलादेशसँगको २२ वर्षे व्यापार ः नाफामा नेपाल

सबैभन्दा नजिकको तेस्रो मुलुक बङ्गलादेशसँगको व्यापार सन्तुलनमा पाँच वर्षयता निरन्तर घाटा व्यहोर्नु परे पनि पारवहन मार्ग खुलेयताको २२ वर्षमा भने नाफा नै भएको छ ।
विसं २०५४ भदौ १४ गते नेपाल र बङ्गलादेशबीच पूर्वी नाका काँकडभिट्टाबाट भारतको फूलबारी भन्सार हुँदै बङ्गलादेशको बङ्गलाबन्ध जोड्ने ५४ किलोमिटर लामो स्थल पारवहन मार्गको प्रयोग सुरु भएको थियो ।
त्यसयताको २२ वर्षमा नेपालले बङ्गलादेशसँगको व्यापार सन्तुलनमा चार अर्ब ४६ करोड १९ लाख ५२ हजार ४६१ रुपैयाँ नाफा गरेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले जनाएको छ ।
काँकडभिट्टास्थित कम्पनीको कार्यालयका सूचना अधिकारी विजय भट्टराईका अनुसार आव २०५४र५५ देखि २०७५र७६ सम्ममा नेपालले यो पारवहन मार्ग भएर ३१ अर्ब ३० करोड ५५ लाख ६९ हजार ८३७ रुपैयाँ मूल्य बराबरको नेपाली मालसामान बङ्गलादेश निर्यात गरेको छ ।
यही अवधिमा बङ्गलादेशबाट २६ अर्ब ८४ करोड ३६ लाख १६ हजार ३६७ रुपैयाँ मूल्य बराबरको मालसामान नेपालमा आयात भएको पाइएको छ ।
समग्र २२ वर्षमा व्यापारको अवस्था नाफादायी भए तापनि पछिल्लो पाँच वर्षदेखि नेपालको निर्यात बढ्न नसक्दा व्यापारको अवस्था निरन्तर घाटाजनक रहेको छ ।
नेपालले बङ्गलादेशसँग अहिलेसम्मको व्यापारमा १० आर्थिक वर्षमा नाफा र १२ वटा आर्थिक वर्षमा घाटा गरेको छ । आव २०५४र५५ देखि २०५९र६० सम्मको ६ वर्षमध्ये आव २०५७र५८ को व्यापारमा मात्र पाँच करोड २९ लाख १० हजार ३८७ रुपैयाँ नाफा भएको देखिन्छ । अरू वर्ष घाटैघाटा भएका छन् ।

सम्बन्धित खवर