स्थानीय तहका लागि उम्मेदवारी दर्ता आज

स्थानीय तहका लागि उम्मेदवारी दर्ता आज

मंसिर १४ मा हुने उपचुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। सम्बन्धित स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । आज बिहान १० देखि १ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाएका छन्। उम्मेदवारको सूची आजै प्रकाशन गरिने छ ।
अध्यक्षरउपाध्यक्षर प्रमुखरउपप्रमुख पदका उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा हुनुपर्नेछ ।
कुनै राजनीतिक दलका तर्फबाट उम्मेदवार हुने व्यक्तिको हकमा मनोनयन दर्ता गर्दा सो दलबाट प्रदान गरिएको उम्मेदवार मनोनयनको औपचारिकपत्र, प्रस्तावक र समर्थकको नाम, सम्बन्धित स्थानीय तह र वडाको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ ।
स्थानीय तहको अध्यक्षर उपाध्यक्षरप्रमुखरउपप्रमुखका लागि एक हजार पाँच सय र वडाध्यक्षका लागि एक हजार धरौटी तोकिएको छ । उपमहानगरपालिकाको प्रमुखका लागि पाँच लाख ५० हजार, वडाध्यक्षका लागि दुई लाख ५० हजार, नगरपालिकाको वडाध्यक्षका लागि दुई लाख, गाउँपालिको अध्यक्ष र उपाध्यक्षका लागि तीन लाख ५० हजार र वडाध्यक्षका लागि एक लाख ५० हजार प्रचारप्रसारको खर्चसीमा निर्धारण गरिएको छ ।
स्थानीय तहको पदाधिकारीको निर्वाचन प्रचारप्रसारका लागि १० दिनको समय तोकिएको छ। भोलि उम्मेदवारमाथि उजुरी गर्ने, २९ गते नामावली प्रकाशन गर्ने, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।
उम्मेदवारहरुलाई मंसिर १ गते निर्वाचन चिह्न प्रदान गरिने छ। स्थानीय तह अन्तर्गत धरान उपमहानगरपालिकामा मेयर, फाल्गुनन्द गाउँपालिकामा अध्यक्ष, पिपरा गाउँपालिका अध्यक्ष र खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।
त्यस्तै, ३७ जिल्लाका ४३ वडा अध्यक्षको पनि निर्वाचन हुँदैछ। प्रतिनिधी सभा र प्रदेश सभाका चार पदका लागि भने यस अघि नै उम्मेदवारी दर्तालगायत सकिएको छ। चार पदका लागि ६४ जना उम्मेदवार चुनावी मैदानमा छन्।

सम्बन्धित खवर