विभिन्न माग राख्दै अनशन बसेका प्रा. डा. गोविन्द केसीले आमरण अनशन स्थगित गरेका छन् । पछिल्लो समय भारतसँग देखिएको सिमा बिवादमा राज्यको ध्यान केन्द्रित भएको बताउदै उनले अनशन स्थगित गरेका हुन् ।
डा. केसीले सातबुँदे माग राख्दै कात्तिक १७ गते डडेल्धुरामा अनशन सुरु गरेका थिए । १७ औं पटक अनशन बसेका केसीको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।
स्वास्थ्य अवस्था विग्रिपछि उनलाई लिन सोमबार नेपाली सेनाको हेलिकप्टर पुगेको थियो । तर केसीले आउन मानेका थिएनन् ।
‘‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं’ उनले भनेका छन् ।
चिकित्सा क्षेत्रको सुधारको माग राख्दै अनशनरत डाक्टर गोबिन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् । मोदीलाई पत्र लेख्दै केसीले नेपाल भारतले मिलेर लड्नु पर्ने लडाई धेरै रहेकाले तत्काल सीमा विवाद सामधान गर्न आग्रह गरे ।
