गुरू नानकको मानिसबीच भ्रातृत्व कायम गर्नुपर्ने उपदेशलाई अनुशरण गर्न आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाई

गुरू नानकको मानिसबीच भ्रातृत्व कायम गर्नुपर्ने उपदेशलाई अनुशरण गर्न आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाई

राष्ट्रपति विद्यादेवी भण्डारीले शिख धर्मावलम्बीहरूको विशेष पर्व गुरू नानक जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शिख धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।
नानक जयन्तीका अवसरमा दिएको सन्देशमा राष्ट्रपति भण्डारीले समाजमा शान्ति, सद्भाव, धर्म रक्षा र मानव कल्याणका लागि सबै धर्महरूका बीचमा सद्भाव कायम राख्नका लागि गरेको मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरिन्।
सन्देशमा उनले समाजमा विद्यमान जातीय विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता तथा भ्रातृत्व कायम गर्नुपर्ने गुरू नानकको सन्देशबमोजिम आ–आफ्नो स्थान र भूमिकाबाट योगदान र्पुयाउन प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेकी छन्।

सम्बन्धित खवर