बैतडी र दार्चुलामा भूकम्पको धक्का

बैतडी र दार्चुलामा भूकम्पको धक्का

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रबिन्दु भएर गएको ४ दशमलब ६ रेक्टर स्केलको भूकम्पका कारण बैतडी र दार्चुलामा धक्का महसुस गरिएको हो।
मंगलबार बिहान ७ः४५ बजे भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिइन्। भूकम्पबाट कुनै क्षति भएको छैन।

सम्बन्धित खवर