निर्णय नमान्ने मेडिकल कलेज सञ्चालकलाई कारबाही हुने ः विद्यार्थीका माग सम्बोधन गर्न १५ दिने अल्टिमेटम

निर्णय नमान्ने मेडिकल कलेज सञ्चालकलाई कारबाही हुने ः विद्यार्थीका माग सम्बोधन गर्न १५ दिने अल्टिमेटम

नेपाल सरकारको निर्णय नमान्ने मेडिकल कलेज सञ्चालकहरुलाई कारवाहीगर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गर्दै मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएको बताए ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले आगामी १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय निर्णय भएको बताए। यस बारे शिक्षा मन्त्रालयले गृहमन्त्रालयलाई आज पत्र लेखेर जानकारी गरिने पनि बताए।
मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर गरेको मन्त्रीस्तरीय बैठकले १५ दिनको अल्टिमेटम दिने निर्णय गरेको हो। यता निजी मेडिकल कलेज सञ्चालकहरु सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै सरकारलाई तालाचाबी बुझाउने भन्दै धम्कि दिदै आएका छन्।
यस्तै मन्त्री पोखरेलले अनसनरत डा गोबिन्द केसिलाई अनसन छोडेर कानून कार्यान्वयनमा सघाउन अनुरोध गरे। डा। केसीको मागलाई सम्बोधन गर्दै सरकारले कार्यान्वयन गर्न सुरु गरेको मन्त्री पोखरेलले बताए।
अहिले देश सीमा विवादमा अल्झिएर संवेदनशील भइरहेको अवस्थामा अनसन बसेर सरकारलाई अनावश्यक दवाब नदिन डा। केसिलाई आग्रह गरे।

सम्बन्धित खवर