संसदीय समितिको बैठकमा प्रचण्डको उपस्थीती, प्रधानमन्त्री भने देखिएनन्

संसदीय समितिको बैठकमा प्रचण्डको उपस्थीती, प्रधानमन्त्री भने देखिएनन्

संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्। भारतले नेपाली भूमि मिचेको विषयमा छलफल गर्न प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितले सोमबार बोलाएको थियो। तर सरकारी निवास बालुवाटारमा नेकपाको सचिवालय बैठकमा सहभागी भएका ओली सिंहदरबारमा भएको समितिको बैठकमा अनुपस्थित भएका हुन्।

प्रम ओली अनुपस्थित भएपछि उनको तर्फबाट भूमिसुधारमन्त्री पद्मा अर्यालले कुरा राखेकी छन्। बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भएका छन्। गत आइतवार भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई आफ्नो क्षेत्रमा राख्ने नयाँ नक्सा जारी गरेपछिको अवस्थाबारे छलफल गर्न समितिले प्रमलाई बोलाएको थियो।

सम्बन्धित खवर