पथरी, दैशैभर भारत विरोधी कार्यक्रमहरु भइरहेका बेला पथरी बहुमुखीका विद्यार्थीहरु पनि सडकमा निस्केका छन् । कालापानी, लिम्पियाधुरा, लिपुलेक हाम्रै हो भन्दै विद्यार्थीहरुले बिरोध जुलुस निकालेका हुन् ।
आईतवार बिहान क्याम्पसको प्राङ्गणबाट निस्किएको र्याली पथरीको पुर्व बस स्टेन्ड नजिक कोणसभामा परिणत भएको थियो। सम्पुर्ण राष्ट्रप्रेमी विद्यार्थीहरुले अतिक्रमित भूमि फिर्ताको माग गर्दै मोदिको तस्बिर जलाएर बिरोध गरेका छन् । कार्यक्रममा गो ब्याक इन्डिया, कालापानी लिपुलेक लिम्पियाधुरा हाम्रो हो, विदेशी दमन अन्त्य गर, मोदि हामिलाई चाहिँदैन जस्ता प्लेकार्ड बोकेर नारा लगाउदै र्याली गरेका थिए ।
र्यालीपछिको कोणसभालाई सम्बोधन गर्दै राजनीतिकर्मी युवराज बास्कोटा, संचारकर्मी अर्जुन राई, पथरी बहुमुखी क्याम्पसका विद्यार्थीहरु निता कुलुङ, भुपेन्द्र खतिवडा, विबेक न्यौपाने, एलिना दियाली लगायतले आफ्नो विचार राखेका थिए। वक्ताहरुले भारतले गरेको अन्याय, विस्तारबाद, अतिक्रमण र नेपालीहरुले चाल्नुपर्ने कदमहरुको बरेमा जोड दिए । भारतको नयाँ नाक्सा खारेज नगरे आफ्नो देशको भूमी जोगाउन फौज परिचालन नगरेमा आम नेपालीले राष्ट्रिय युद्ध गर्ने पनि चेतावनी दिएका थिए।
नेपाल सरकार र विभिन्न पार्टीका नेताहरु एकजुटभई अतिक्रमित भूमी फिर्ता गर्नुपर्ने र राष्ट्रियताको लागि सबै नेपालीहरु एकजुट हुनुपर्नेमा वक्ताहरुले जोड दिए । देशको लागि बिद्यार्थीको महत्वबारे पनि वक्ताहरुको जोड थियो। पथरीको पूर्व बस स्टेन नजिकै विध्यार्थीहरुले नारा लाईरहेको बेला त्यहा स्वतह स्फूर्त आएका केही यात्रुहरुले प्रधानमन्त्री मोदिको तस्वीरमा थुक्न थालेपछि विधार्थीहरुले पनि थुक्दै मोदिको तस्वीर जलाएका थिए । सीमा मिचिएको विषयमा त्यँहा उपस्थित विध्यार्थीहरु भारतीय प्रधानमन्त्री मोदिको तस्वीरमा थुक्न थालेपछि अझ आक्रमक देखिएका थिए ।