सिरहामा लागूऔषधसहित तिन युवा पक्राउ

सिरहामा लागूऔषधसहित तिन युवा पक्राउ

राजेन्द्र महतो, लहान

सिरहाको बरियारपट्टी गाउँपालिका १ कचनारीबाट लागूऔषधसहित तिन युवा लाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी चौकी कचनारी सिरहा कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा द्यच्घद्द ग्द्धठढढ न. को मोटरसाइकलमा आउदै गरेको मोरङ मिक्लाजुङ गाउँपालिका ७ को १८ वर्षीय रोशन खड्का, सोही ठाँउ बस्ने ३० वर्षीय गोबिन्द नेपाल र भारत मधुबनी जिल्ला खुटौना फुलपरा धर्मौनाको १८ वर्षीय मो. रियाजको साथबाट नेपालमा प्रतिबन्ध नाइट«ोभेट १४ पता स्पासो ५ पता र गाजा १० ग्राम लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जना र मोटरसाइकल आबश्यक कार्बाही तथा थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय महेश्पुर पतारामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सम्बन्धित खवर