प्रहरी द्वारा ९ सय ८० लिटर अबैध घरेलु मदिरा नष्ट

प्रहरी द्वारा ९ सय ८० लिटर अबैध घरेलु मदिरा नष्ट

राजेन्द्र महतो, लहान

सिरहाको विभिन्न छुट्टाछुट्टै ठाउँबाट सिरहा प्रहरीले ९ सय ८० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।

अबैध घरेलु मदिरा नियन्त्रण तथा नष्ट अभियान अन्तर्गत सिरहा प्रहरीले लहान, मिर्चैया र सिरहा नगरपालिकाको विभिन्न वडाबाट अवैध रूपमा उत्पादन गरेको सो घरेलु मदिरा प्रहरीले बरामद गरी नष्ट गरिएको हो ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान, इलाका प्रहरी कार्यालय मिर्चैया र प्रहरी चौकी बेल्हा सिरहाको कमान्डमा खटिएको टोलीले लहान न.पा. १८, मिर्चैया न.पा. ९ र सिरहा न.पा. १२ को विभिन्न स्थानमा रहेको स्थानियहरुको घरमा करीब ९ सय ८० लिटर अबैध घरेलु मदिरा नष्ट गरिएको छ ।
त्यसै गरि प्रहरी टोलिले सोही स्थानबाट मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ ११ सय लिटर र प्रयोग हुने भाँडा कुँडा समेत बरामद गरि नष्ट गरेका छन् ।

बरामद गरिएको अबैध मदिरा सोही वडाका वडाध्यक्ष लगायत, स्थानीय, नागरिक समाज, पत्रकार लगायतको रोहवरमा सो मदिरा नष्ट गरिएका छन् । मदिराका कारण दिनहुँँ समाजमा झै–झगडा, घरेलुहिंसा, महिला हिंसा लगायतको घटनामा वृद्धि भइरहेको प्रहरीले बताउँदै यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता तथा प्रहरी नायव उपरीक्षक अपिल राज बोहराले बताएका छन् ।

सम्बन्धित खवर