उत्खननले खोला गहिरिने क्रम बढ्यो, विकासका संरचना संकटमा पर्दै

उत्खननले खोला गहिरिने क्रम बढ्यो, विकासका संरचना संकटमा पर्दै

नेपाल बिद्युत प्राधिकरणले दुहबीदेखी झापाको विर्तामोडसम्म निर्माण गरेको ११ केभी विद्युत प्रशारण लाईनको झापास्थित शिवसतासी र कन्काई नगरपालिकाको बिचको कन्काई नदीको मध्यभागमा रहेको टावर जोखिममा पर्दै गएको छ ।
माथिल्लो क्षेत्रमा चुरेको बढ्दो दोहन र तल्लो क्षेत्रबाट हुने गरेको नदीजन्य पदार्थको अधिकतम उत्खननका कारण नदीहरु गहिरिने क्रम बढेसंगै नदी भित्र निर्माण गरिएका बिकाश संरचनाहरु पनि जोखिमा पर्दै गएका छन् ।
नेपालकै सवै भन्दा लामो कन्काई पुलको करिब १ सय मिटर दक्षिणमा निर्माण गरिएको विद्युतको टावर कन्काई नदी गाहिरिएसँगै जोखिमा पर्दै गएको हो ।
सो टावरको नेपाल बिद्युत प्राधिकरणको क्षेत्रीय कार्यालयका प्राबिधिकहरु स्थलगत निरीक्षण गरी तत्काल कुनै जोखिम नरहेको भनिएको भएपनि रोकथामको प्रयास थाल्न आवश्य रहेको बताएको नेपाल बिद्युत प्राधिकरण वितरण शाखा दमकका इन्जिनीयर सुरेन्द्र घिमिरेले बताए ।

सम्बन्धित खवर