बंगलादेशका राष्ट्रपति नेपाल आउदै

बंगलादेशका राष्ट्रपति नेपाल आउदै

तीन दिने भ्रमणका लागि बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल आउने भएका छन् । उनी मंगलबार नेपाल आउने भएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा तीन दिने नेपाल भ्रमणमा आउन लागेका हमिदले उच्चस्तरीय भेटबार्तासहित पर्यटकिय क्षेत्रको अवलोकन पनि गर्नेछन् ।
नेपाल बसाईका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, परराष्ट्रमन्त्री र प्रमुख दलका शीर्ष नेताहरुलाई भेटवार्ता गर्ने छन् । उनले काठमाडौंका ऐतिहासिक सांस्कृतिक क्षेत्रको अवलोकन सँगै पोखरा पनि पुग्नेछन् ।

सम्बन्धित खवर