पर्यटनमन्त्री भन्छन् ः भारतले नेपालसँग निहुँ खोज्नुको अर्थ छैन

पर्यटनमन्त्री भन्छन् ः भारतले नेपालसँग निहुँ खोज्नुको अर्थ छैन

भारतले भर्खरै सार्वजनिक गरेको नयाँ नक्सा र नेपाल(भारत सीमा विवादबारे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भारतलाई अनावश्यक बखेडा झिकेर निहुँ नखोज्न चेतावनी दिएका छन्।
उनले लिम्पियाधुराबाट उत्पति भएको कालीनदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा ऐतिहासिक तथ्य र प्रमाण रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
उनले सिंगो नेपाल राष्ट्रियताका लागि एक रहेकाले अनावश्यक बखेडा झिकेर छिमेकीसँग निहुँ नखोज्न पनि भारतलाई आग्रह गरेका छन्। यस विषयमा भारतले पछि हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानोपन राख्नुमै भारतको भलाई रहेको मन्त्री भट्टराईले सुझाव दिएका छन्।

सम्बन्धित खवर