प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

कार्तिक २३, २०७६
भारतले सिमा मिचेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । भारतले केही दिन अघि सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालका केही भू–भाग गाँभेको विषयमा चौर्तफी विरोध बढेपछि प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजे बैठक बोलाउनुभएको हो ।
नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचिएको विषयमा सत्तारुढ र प्रतिपक्षीसहित सर्वत्र विरोध भइरहेको छ । नेपाली भूमि मिचेको विरोधमा साझा धारणा बनाउन बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।
बैकठमा भारतसँग द्विपक्षीय छलफल गरेर कसरी अघि बढ्ने भन्ने विषय धारणा तय हुने अर्यालले बताउनुभयो । कात्तिक १७ मा भारतले नेपाली क्षेत्रलाई मिचेर आफ्नो नयाँ नक्सा निकालेको थियो ।
त्यसको तीन दिनमा नेपालले परराष्ट्र मन्त्रालय मार्फत विज्ञप्ति जारी गर्दै ‘कालापानी क्षेत्र नेपालको भू–भाग भएको स्मरण गराएको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले भने नक्सामा भारतको सार्वभौम भूमि नै रहेको उल्लेख गर्दै कुनै सीमा परिवर्तन नगरिएको दाबी गर्नुभएको थियो ।

सम्बन्धित खवर