आज ४ बजे प्रधानमन्त्रीबाट सर्वदलीय बैठकको आह्वान

आज ४ बजे प्रधानमन्त्रीबाट सर्वदलीय बैठकको आह्वान

काठमाडौं, प्रधानमन्त्री के।पी। शर्मा ओलीले आज अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ ।

लिपुलेकका सम्बन्धमा परामर्श गर्ने, भारतसँग वार्ता गरी कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने र नेपालको भूभाग फिर्ता गर्न पहल गर्ने विषयमा परामर्श गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सबै राजनीतिक दलका शीर्ष नेताहरुका साथै पूर्वपरराष्ट्रमन्त्रीहरुलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर