सरकार सत्ता जोगाउन भारत विरुद्ध बोल्दैन ः काग्रेस नेता आचार्य

सरकार सत्ता जोगाउन भारत विरुद्ध बोल्दैन ः काग्रेस नेता आचार्य

मोरङ, नेपाली काग्रेसका केन्द्रिय सदस्य एव्म पुर्वमन्त्री महेश आचार्यले सरकार कानुन संम्बत नचलेको आरोप लगाएका छन् ।

नेपाल तरुणदलले मोरंको झोराहाटमा शुक्रबार आयोजना गरेको एक दिवसीय प्रशिक्षण कार्यक्रममा बोल्दै पुर्वमन्त्री आचार्यले नेकपाको सचिवालयले प्रदेश प्रमुख तोकेको विरोध जनाए । उनले भने ‘प्रतिपाक्षीको सहमती विना प्रदेश प्रमुख तोक्नु विधि विपरीत हो ।’ नेता आचार्यले सरकारले सत्ता जोगाउन भारतले नेपाल विरुद्ध गरेको अन्यायका विरुद्ध नबोलेको आरोप लगाए ।

अर्का केन्द्रीय सदस्य गुरु घिमिरेले भारतले सन १८१६ मा नेपालसंग गरेको सन्धिको उल्लघंन गरेको आरोप लगाए । नेपाली भूमिमा भएको हस्तछेपको विषयमा चुपलागेर नबस्ने घिमिरेले चेतावनी समेत दिए ।

त्यस्तै विराटनगर महानगरपलिकाका उपप्रमुख ईन्दिरा कार्कीले लिपुलेक र कालापानि नेपालकै भएको दावी गरिन । उनले भनिन ‘बिबाद हैन नेपाली भूमि हाम्रो हो ।’

कार्यक्रममा दिलीप गच्छदार, विश्वनाथ रिजाल, सुचि चौधरी, प्रमिला थापा, कृष्ण कार्की, भक्ती माझी, बसन्त हुमागाँई लगायतको सहभागिता थियो । कार्यक्रम तरुणदल मोरङका सभापती संञ्जय थापा प्रभाकरको सभापतीत्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर