त्रिभुवन विमानस्थलमा श्री र यतीको जहाज ठोक्कियो

त्रिभुवन विमानस्थलमा श्री र यतीको जहाज ठोक्कियो

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई जहाज ठोक्किएका छन्।
श्री एयरलायन्स र यति एयरलायन्सका जहाज शुक्रबार दिउँसो ठोक्किएका हुन्। विमान ग्राउण्ड ह्यान्डलिङ गर्ने क्रममा श्री एयरलाइन्सको विमान र यति एयरलाइन्सको विमान पार्किङस्थलमा ठोक्किएका हुन्।
श्री एयरलायन्सको सिटिआरजे ७०० र यति एयरलायन्सको एटिआर ७२ विमानस्थलको पार्किङस्थलमा ठोक्किएका विमानस्थलका प्रवक्ता प्रताप बाबू तिवारीले जानकारी दिए। ठक्करबाट दुवै जहाजमा समान्य क्षतिको पुगेको तिवारीले उल्लेख गरे ।

सम्बन्धित खवर