अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको पहिलो सेमिफाइलनमा सिक्किम र आर्मी भिड्दै

अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको पहिलो सेमिफाइलनमा सिक्किम र आर्मी भिड्दै

झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप प्रतियोगितामा आजदेखि सेमिफाइनल चरण सुरु भएको छ ।
डोमालाल राजवंशी रंगाशालामा जारी प्रतियोगिताको पहिलो सेमी फाइनल खेलमा पाहुना टोली सिक्किम आक्रमकको सामना त्रिभुवन आर्मी क्लबले गर्ने छ । विभागीय टोली त्रिभुवनआर्मी क्लबले भारतको आसामिस क्लब मोलवेविरुद्ध जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
सिक्किमले बेलबारी ११ लाई हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको छ । दोश्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज काठमाडौं र नेपाल पुलिस क्लब भिड्ने छन् ।
जायन स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल कात्तिक २५ गते हुने छ । प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर