कार्तिक २१, २०७६
सम्वृद्ध धरानको लागि धरानक उपमहानगर भित्रको विकट तथा दुर्गम क्षेत्र साविक विष्णुपादुकाको कृषीमा कायपलट आवश्यक भएको नेपाल कम्युनिष्ट पाटी (नेकपा)बाट मेयरका उम्मेद्धवार प्रकाश राईले बताएका छन् ।
आगामी मंशीर १४ गते हुने उप– निर्वाचनबाट नेकपाको तर्फबाट उम्मेद्धवार वनेका राईले वुधबार विष्णुपादुकावासीको घर घरामा पुगेर कृषी पर्यटनलाई उच्च प्राथकिता दिएर नेकपाको नेतृत्वको सरकारले यहाँको विकासमा कायपल गर्ने बताए ।
उम्मेद्धवार राईले विष्णुपादुकामा रहेको संभावनाहरुको खोजी गरि विशेष योजना वनाएर पुरा गर्ने प्रतिवद्धता समेत व्यतm गरेका छन् ।
धार्मिक पर्यटन क्षेत्रले पनि विष्णुपादुकाले फड्को मार्ने भन्दै यस क्षेत्रको समग्र विकास गर्न स्वयम विष्णुपादुकावासी पनि एकजुट हुनु पर्ने उम्मेद्धवार राईको भनाई थियो ।
निर्वाचन परिचालन कमिटी सचिव नारायण सुवेदीका अनुसार घरदैलो अभियान विहीबार धरान उपमहानगरपालिकाको वडा नम्बर ६ पानबारीमा हुने बताए ।
