वडा अध्यक्षको निर्वाचनका लागि धनपालथानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

वडा अध्यक्षको निर्वाचनका लागि धनपालथानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

उप–निर्वाचनका लागि मोरङको धनपालनथान गाउँपालिका–२ मा बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मोरङका जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएसँगै कार्यलय स्थापना गरिएको हो ।
मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुरक्षार्थ प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली परिचालन गर्दै सुरक्षा लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए ।
वडा अध्यक्ष बलिराम भगतको २०७५ जेठ २४ गते सर्पले टोकेर मृत्यु भएपछि आगामी मंसिर १४ गते उप–निर्वाचन हुने भएको हो ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि निर्वाचनका लागि गर्नु पर्ने सबै कामहरु सुचारु गरिएको जिल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुरले बताए ।
ठाकुरका अनुसार दुईवटा मतदान स्थल रहेको वडामा पाँचवटा मतदान केन्द्र र चार हजार ७४ मतदाता छन् ।

सम्बन्धित खवर