बञ्चरो प्रहार गरी श्रीमान द्वारा श्रीमतीको हत्या

बञ्चरो प्रहार गरी श्रीमान द्वारा श्रीमतीको हत्या

राजेन्द्र महतो, लहान

सिरहामा फेरिआफ्नै श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

कर्जन्हा नगरपालिका वडा नं. २ को रामबाबु पासवानले आफ्नै श्रीमती कबिता पासवानलाई बञ्चरो टाउकोमा प्रहार गरी हत्या गरेका हुन् । श्रीमान राम बाबू पासवान खानाखादै गरेको अवस्थामा श्रीमती संग समान्य विवाद हुँदा श्रीमानले पछाडीबाटै बञ्चरो प्रहार गरेपछि श्रीमती कविता गम्भिर घाइते भएकी थिइन् । घाइते कविता लाई उपचारका लागि फुल कुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा ल्याउँदै गर्दा बाटोमा मृत्यू भएको मृतकका भाई जोगिन्द्र पासवानले बताएका छन् ।

बञ्चरो प्रहार गर्नेको खोजतलास भइरहेको र घटनाबारे बिशेष अनुसंधान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

सम्बन्धित खवर