अमेरिकाको नजरमा विप्लव समूह ’घरेलु आतंकवादी’

अमेरिकाको नजरमा विप्लव समूह ’घरेलु आतंकवादी’

कात्तिक २०, २०७६
विश्व महाशक्ति अमेरिकाले नेपालमा केही वर्षदेखि चलिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको गतिविधिलाई ’घरेलु आतंकवादी’ क्रियाकलाप भएको ठहर गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ का लागि बनाएको विश्वभरको आतंकवादसम्बन्धी प्रतिवेदनमा विप्लवको गतिविधिलाई पहिलो पटक ’आतंकवादी’ को संज्ञा दिएको थियो ।
यसअघि नेकपा माओवादीको गतिविधिलाई पनि अमेरिकाले यही संज्ञा दिएको थियो। अमेरिकाको यो निष्कर्षले नेपालीलाई अमेरिकामा असाइलमको बहाना मिलाइदिएको छ ।
अवैधरुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूले त्यहाँ पुगेपछि शरण दाबी गर्ने प्रक्रियालाई असाइलम भनिन्छ । विप्लवमाथिको यो संज्ञाले असाइल प्रक्रियामा जान खोज्ने नेपालीहरूलाई नयाँ अवसर मिलेको छ ।
अमेरिकाले विश्वभरको आतंकवादको विद्यमान अवस्थालाई अध्ययन गरेपछि यस्तो प्रतिवेदन बनाउँछ। यो पटक बनाइएको ३३२ पृष्ठ लामो प्रतिवेदनमा नेपालका लागि तिन पृष्ठ छुट्याइएको छ ।
अमेरिकाले पृष्ठ १७५ देखि १७७ सम्म नेपालखण्डमा राखेर चर्चा गरेको छ। अमेरिकाले सन् २०१८ मा नेपालमा अन्तर्रा्ष्ट्रिय आतंकवादको कुनै गतिविधि नभएको जनाएको छ ।
यो प्रतिवेदनमा अमेरिकाले सन् २०१८ मा हिंसात्मक अतिवादको प्रतिरोधबारे कुनै परिवर्तनको सूचना नभएको पनि लेखेको छ। अमेरिकाले बनाएको प्रतिवेदनको रोचक पक्ष भनेको भारतीले मुजाहिद्दिनले नेपालबाट गतिविधि गरेको दाबी गरिएको छ।
प्रतिवेदनमा भारतीय मुजाहिद्दीनले आफ्ना गतिविधि नेपालमा पनि विस्तार गरेर कार्यकर्ता उत्पदानको सबैभन्दा ठूलो केन्द्र बनाएको निस्कर्ष प्रतिवेदनमा छ ।
अमेरिकाले उसको प्रतिवेदनमा नेपालको एकमात्रै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सुरक्षा कमजोरी रहेकाले त्यसको फाइदा चरमपन्थीहरूले उठाउन सक्ने भनिएको छ।
त्यसैगरि खुला सिमानाबाट पनि चरमपन्थीहरूले चलखेल गर्न सक्ने कुरा उल्लेख गरिएको छ । थाहाखबर

सम्बन्धित खवर