आलमको बयान सकेर आजै थुनछेक बहस सुरु गर्ने

आलमको बयान सकेर आजै थुनछेक बहस सुरु गर्ने

रौतहटको राजपुरमा बाह्र बर्ष अघि भएको बमकाण्डमा पक्राउ परेका कांग्रेस नेता मोहम्मद अफताब आलमको बयान आज पनि हुँदैछ । आलममाथि कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र बिस्फोटक पदार्थ भण्डारणको अभियोग लगाएर जन्मकैद सहितको सजाय माग गरी जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गरेको थियो ।
आज बयान सकिएपछि थुनछेक बहस सुरु गर्ने जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटवालले बताउनुभयो । यसअघि नै प्रहरीले करिब साढे २ सय जनाको बयान, प्राप्त प्रमाण र अनुसन्धानका क्रममा तयार भएको मिसिलको विवरण जिल्ला अदालतमा बुझाएको छ ।
करिब आठ सय पृष्ठभन्दा लामो आरोपपत्र सहितको प्रतिवेदनमा आलमले ‘पोलिग्राफ’ परीक्षणमा सामेल हुन इन्कार गरेको समेत उल्लेख छ । आलमले अदालतमा समेत ईन्कारी बयान दिएको अदालत स्रोतले जनाएको छ ।
बम बिस्फोटमा परी घाइते भएका सरुअठाका त्रिलोकप्रताप सिह र ओसि अख्तरलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोपमा आलम, उनका भाई महताब आलम लगायत ११ जनालाई प्रतिवादी बनाइएको छ । आलमले बम विस्फोटका घटनामा घाईते भएकालाई जिउँदै इट्टाभट्टामा हालेको प्रत्यक्षदर्शीले बयाद दिएका छन् ।

सम्बन्धित खवर