अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

अर्घाखाँचीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

२०७६ कार्तिक २० गते
अर्घाखाँचीको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार गोरुसिङ्गे(सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए ।

सम्बन्धित खवर