२ दिने तरकारी खेती तालिम

२ दिने तरकारी खेती तालिम

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाको कृषि शाखाले नगरका वडाहरुमा तरकारी खेती सम्वन्धी निःशुल्क तालिम सञ्चालन गर्ने क्रममा आज वडा नम्वर १० मा तालिम सुरु गरेको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले प्रमुख अतिथिका रुपमा तालिमको उद्घाटन् गर्दै कृषिलाई व्यवसायिक वनाउने कुरामा यसखाले तालिमले मद्धत गर्ने वताउनु भयो ।

नगरका १० वडामध्ये ९ वडा कृषिमा आधारित भएकाले ती वडाहरुका लागि २,२ दिने तालिम सञ्चालन गरिएको कृषि शाखाकी प्राविधिक सावित्रा कार्कीले वताउनुभयो । जस ३० जनाको सहभागिता रहेको तालिममा सावित्रा कार्कीका साथै सोही शाखाका सविना राई र टीका राईले सहजिकरण गर्नुभएको छ ।

सम्बन्धित खवर