नवनियुक्त प्रदेश प्रमुखहरुलाई राष्ट्रपति भण्डारीद्वारा शपथ गराइयो

नवनियुक्त प्रदेश प्रमुखहरुलाई राष्ट्रपति भण्डारीद्वारा शपथ गराइयो

सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मंगलबार बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउनुभएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित हुनुहुन्थ्यो ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कांग्रेस सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखलाई बर्खास्त गर्दैसत्तारूढ दलको सिफारिसमा सोमबार प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्त नियुक्त गरेको थियो ।

यसरी नियुक्त प्रदेश प्रमुखलाई राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराउने संवैधानिक व्यवस्थाअनुसार मंगलबार शपथ गराइएको हो ।

सम्बन्धित खवर