नवनियुक्त प्रदेश प्रमुखहरुको सपथग्रहण आज हुने

नवनियुक्त प्रदेश प्रमुखहरुको सपथग्रहण आज हुने

नवनियुक्त प्रदेश प्रमुखहरुको सपथग्रहण आज हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज विहान साढे ८ बजे सातवटै प्रदेशका प्रदेश प्रमुखहरुलाई सपथ ग्रहण गराउने तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

प्रदेश १ को प्रदेश प्रमुखमा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्त नियुक्त भएका छन् ।

सम्बन्धित खवर