विराटनगर वितरण केन्द्रले थाल्यो महशुल नबुझाउने ग्राहकको लाइन काट्न

विराटनगर वितरण केन्द्रले थाल्यो महशुल नबुझाउने ग्राहकको लाइन काट्न

मोरङ, नेपाल विद्युत् प्राधिकरण, विराटनगर वितरण केन्द्रले विद्युत् महशुल समयमा नबुझाउने ग्राहकको लाइन काट्न थालेको छ । विराटनगर जुट मिल, रेलवे कार्यालय, कोशी अस्पताल जस्ता संस्थाले समयमै महशुल नतिरेर बक्यौता धेरै भएपछि लाइन काट्न थालिएको केन्द्रका प्रमुख राजीव सिंहले बताए । उनका अनुसार विराटनगर जुट मिलको भने यसअघि नै लाइन काटिएको थियो ।

विराटनगर जुट मिलले मिलतर्फको मात्रै रू। ९६ लाख ६७ हजार महशुल तिर्न बाँकी छ । साथै क्वार्टरमा दिइएको लाइनको समेत गरेर मिलको रू। १ करोड जति महशुल बक्यौता रहेको कार्यालयले बताएको छ । कोशी अस्पतालले रू। २८ लाख बराबरको महशुल बक्यौता छ । ‘अस्पतालको विद्युत् लाइन गत असारमै काट्न खोज्दा स्वास्थ्यसचिव रामप्रसाद थपलियाले फोन गरेर रोकेका थिए । त्यसलगत्तै अस्पतालले १ करोड रुपैयाँ तिरेको थियो,’ सिंहले भने, ‘अहिले पुनः २८ लाख बराबर महशुल पुगेको प्राधिकरणले बताएको छ ।’ यस्तै रेलवेले रू। ५ लाख १९ हजार महशुल तिर्न बाँकी रहेको उनले बताए ।

प्राधिकरणको विराटनगर वितरण कार्यालय अन्तर्गत ६७ हजार ६६१ ग्राहक छन् । विराटनगर महानगरपालिका, जहदा, कटहरी, बूढीगंगा र ग्रामथान गाउँपालिका कार्यालय अन्तर्गत पर्दछन् ।

कार्यालयले मासिक रू। २४ करोडको हाराहारीमा विद्युत् महशुल उठाउँदै आएको छ । कार्यालयले रानी सबस्टेशन र टंकी सबस्टेशनबाट ११ केभी र ३३ केभी मार्फत विद्युत् आपूर्ति गर्दै आएको छ ।

उच्चतम विद्युत् माग भएका बेला कार्यालय अन्तर्गत ५६ मेगावाट विद्युत् खपत हुने गरेको कार्यालय प्रमुख सिंहले बताए । कार्यालयले महशुलमा कडाइ गर्नुका साथै विद्युत् चुहावट घटाउने अभियान पनि थालेको छ । आर्थिक वर्ष २०७४र७५ मा विद्युत् चुहावट १२ दशमलव ८६ प्रतिशत रहेकोमा अहिले चुहावट प्रतिशतलाई ९ दशमलव ६८ प्रतिशतमा झारेको सिंहले जानकारी दिए ।
ओवीबाट

सम्बन्धित खवर