कात्तिक २५ गते मिक्लाजुङमा सार्वजनिक विदा

कात्तिक २५ गते मिक्लाजुङमा सार्वजनिक विदा

पथरी, मोरङको मिक्लाजुङ गाउँपालिकाले राष्ट्रिय बिभुती फाल्गुनन्दको १३५ औं जन्म जयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिकाको बैठकले कार्तिक २५ गते पर्ने फाल्गुनन्द जयन्तीमा बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रबक्ता नविन कार्कीले जानकारी दिनुभयो ।

यस्तै फाल्गुनन्दको जन्म जयन्ती सफल पार्नका लागि आयोजक कमिटीलाई गाउँपालिकाले ७५ हजार नगद सहयोग गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रमको उद्घाटन कार्यक्रम प्रदेश नं. १ मुख्य मन्त्री शेरधन राईले गर्नुहुनेछ ।

कार्यक्रमको मिति नजिकिएसँंगै आयोजकले कर्यक्रमको तयारी र प्रचार पसारलाईे तिब्र बनाएको छ । सोही अवसरमा किरात धर्मगुरु आत्मनन्द लिङदेनले महागुरुको शालिक अनावरण गर्ने कार्यक्रम तय भएको छ ।

मिक्लाजुङ गाउँपालिका वडा नं. ३ किरातेश्वर हाङसाम माङहिम मुल संरक्षण समितिका हाताभित्र निर्मीत नौ फिट अग्लो राष्टिय बिभुती फाल्गुनन्दको पुर्णकदको शालिकको आनवरण गरीने संस्थाका कार्यालय सचिव चन्द्र सङ्मीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर