उदाउँदो सुर्यलाई अर्घ दिएपछि आजबाट छठ पर्व समापन

उदाउँदो सुर्यलाई अर्घ दिएपछि आजबाट छठ पर्व समापन

मोरङ, आज छठ पर्वको चौथो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाएर समापन गरिँदै छ । विशेष गरेर तराइका विभिन्न जिल्ला र मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । छठको मुख्य दिन हिँजो साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिएर आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न भएको छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।

लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । २०४६ अघि तराईका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी लगायत वाग्मती, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा समेत सजावट गरेर छठ मनाइएको छ ।


सम्बन्धित खवर