खुम्बु भ्रमणमा आएका बेलायती नागरिकको मृत्यु

खुम्बु भ्रमणमा आएका बेलायती नागरिकको मृत्यु

खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको सुतेकै ठाउँमा मृत्यु भएको छ। खुम्बु पासाङ ल्हामु गाउँपालिका(४ लबुचेमा बेलायती नागरिक केलीनु जोसेफको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।
मंगलबार विहान ६स्३० बजेको समयमा खुम्जुङस्थित दि हिमालयन चेन रिसोर्टमा सुतिरहकै अवस्थामा ५४ वर्षीय जेसेफको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए। उनका अनुसार मृत्युको कारण भने खुल्न सकेको छैन। शवको मंगलबारै कानुनी प्रक्रिया पूरा गरी हेलिकोप्टरमार्फत काठमाडौ पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर