उदयपुरमा कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका(७ चुहाडे कालिखोलास्थित डिल्लीशेर राईको कुखुराको खोरमा तास खेलिरहेको भन्ने जानकारी पाएपछि छापा मारी पक्राउ गरेको हो।
दुई बुक तास, नगद ९ हजार पाँचसय ८५ रुपैँयासहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरले जानकारी दिए।
पक्राउ पर्नेहरूमा त्रियुगा नगरपाकिला ७ चुहाडे कालिखोलाका ३४ वर्षे पेसल राउत, ४५ वर्षे जुहाडे राउत, ३९ वर्षे डिकबहादुर कार्की, ४५ वर्षे गजेन्द्र राई, ४७ वर्षे डिल्लीशेर राई, २५ वर्षे दिनेश बुढाथोकी र २३ वर्षे सरोज थापा छन्।
