साथीकी बहिनी बलात्कार आरोपमा विद्यार्थी नेता पक्राउ

साथीकी बहिनी बलात्कार आरोपमा विद्यार्थी नेता पक्राउ

कार्तिक १३, २०७६
आफ्नै साथीकी बहिनीलाई बदात्कार गरेको आरोपमा प्रहरीले रत्नराज्य लक्ष्मी(आरआर) क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई पक्राउ गरेको छ ।
आरआर क्पाम्पसका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य राई वीएड् तेस्रो वर्षमा अध्ययनरत् थिए । उनललाई पीडितको उजुरीको आधारमा हिजो पक्राउ गरेको महानगरीय प्रहरीले जनाएको छ ।
पीडितको जाहेरी अनुसार राईले देउसी खेल्न बोलाएर उनीमाथि जबरजस्ती करणी गरेको बताइएको छ ।
पीडितको स्वास्थ्य परीक्षण गरिसकिएको प्रहरीले जनाएको छ । साथीको कोठामा लगेर हात बाधेर हतियार देखाउदैं बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकीछन् ।

सम्बन्धित खवर