गोविन्द केसी कात्तिक १८ गतेबाट अनशन बस्ने

गोविन्द केसी कात्तिक १८ गतेबाट अनशन बस्ने

प्राध्यापक डा. गोविन्द केसीले आफ्नो आन्दोलनलाई बकात्तिक १८ गतेसम्म सारेका छन्।
डा. केसीले त्रिभुवन विश्वविद्यालयबाट अवकाश लिँदै गर्दा आफ्ना पुराना माग कात्तिक ८ सम्म पूरा नभए कात्तिक १३ बाट अनशन बस्ने घोषणा गरेका थिए। तर, उनले आफ्नो अल्टिमेटम मिति आउन ५ दिन बाँकी छँदा आफ्नो निर्धा्रित अनशन कार्यक्रममा केही संशोधन गरेका छन् ।
हिन्दूधर्मालम्बीको दोस्रो ठूलो चाड तिहारका कारण आफूले आन्दोलनका कार्यक्रम केही दिन पर सारेको केसीले बताएका छन् ।
चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै केसी लामो समयदेखि संघर्षरत् छन् । सरकारलाई दबाव दिन उनले उनले १६ पटकसम्म अनशन बसिसकेका छन् । सरकारले माग पूरा नगरी पुनः केसीलाई अनशन बस्न बाध्य पारेमा त्यो उनको १७ संस्करण हुनेछ ।

सम्बन्धित खवर