युएनएचसीआरले नगर अस्पताललाई दिने भयो करिब ८० लाखको सहयोग

युएनएचसीआरले नगर अस्पताललाई दिने भयो करिब ८० लाखको सहयोग

पथरी, शरणार्थी प्रभावित क्षेत्र अन्तर्गतको मोरङको पथरी शनिश्चरेको नगर अस्पतालका लागि शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चयोग (युएनएचसीआर) ले करीव ८० लाख रुपैयाँ बराबरको मेडिकल उपकरण सहितका सामग्री प्रदान गर्ने सम्झौता गरेको छ ।

यूएनएचसीआरका दमक सव अफिस प्रमुख मिस्टर के फेन्सा र पथरीशनिश्चरे नगरप्रमुख दिलिपकुमार राईबीच विहिबार त्यस्तो सम्झौता भएको हो । यूएनएचसीआरका दमक सव अफिसमा भएको सम्झौतापत्रमा मेडिकल उपकरणतर्फ अल्ट्रा सोनोग्राफी युएसजी मेसिन, सीआर मेसिन सहित ३३० को डिजिटल एक्सरे तथा ११० केवीएको ट्रान्सफर्मर प्रदान गर्ने उल्लेख छ ।

सामानहरु जडान गर्नका लागि आवश्यक कोठा सहितको तयारी गर्न यूएनएचसीआरले नगरपालिकालाई जानकारी गराइएको नगर प्रमुख राईले बताउनु भएको छ । भूटानी शरणार्थी प्रभावित क्षेत्रमा रहेको पथरी स्वास्थ्य चौकीलाई भर्खरै पथरी नगर अस्पतालमा रुपान्तरण गरि आवश्यक सामग्रीका लागि नगरपालिकाले माग गरेपछि सहयोगको त्यस्तो सम्झौता हुन पुगेको हो ।

सम्बन्धित खवर