डाँगीहाट गोल्डकपमा ब्वाइज युनियनको फाइनल यात्रा पक्का

डाँगीहाट गोल्डकपमा ब्वाइज युनियनको फाइनल यात्रा पक्का

पथरी, तेस्रो डाँगीहाट गोल्डकपमा ब्वाइज युनियन क्लवले फाइनल यात्रा पक्का गरेको छ । विहिबार भएको सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ४–० गोल अन्तरले पराजित गर्दै ब्वाइज युनियनले उपाधी चुम्ने यात्रा तय गरेको हो ।

खेलको पहिलो हाफको २४ औँ मिनेटमा चर्च ब्वाइज युनाइटेडका खेलाडी विकास थुलुङ राईको उपहार गोल पाएको युनियनले आफ्ना निकैवटा प्रयासलाई पोसको दिशा दिन सकेका थिएनन् । दोस्रो हाफमा निकै आक्रमक रुपमा उत्रिएको युनियनले अन्ततः ४–० को फराकिलो अन्तरले जित निकाल्न सफल भयो । खेलको दोस्रो हाफको २८ औँ मिनेटमा बिट्टु तामाङले व्यक्तिगत गोल गर्दै खेल अन्तर दोब्बर बनाए । यस्तै दोस्रो हाफको ३३ र ३७ औँ मिनेटमा बिदेशी खेलाडी मेसोकीले व्यक्तिगत २ गोल गर्दै टिमलाई ४–० को अन्तरमा पु¥याए । खेलको म्यान अफ दी म्याच विदेशी खेलाडी टेम्पी एभनेष्ट घोषित भए ।

चर्च ब्वाइजले आफ्ना निकै प्रयासहरुलाई जाली चुमाउन नसक्दा फाइनल यात्राबाट फर्किन बाध्य भयो ।

मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी खेलमा शुक्रबार धरान फुटबल क्लब सुनसरी र आयोजक डाँगीहाट फुटबल क्लब रातो बिच दोस्रो सेमिफाइनल हुने आयोजक डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बुले जानकारी दिए ।

गोल्डकपको बिजेताले नगद ३ लाख १ हजार, उपबिजेताले २ लाख १ हजार ट्रफि, मेडल जित्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडिलाई नगद ३० हजार, बढी गोल गर्नेलाई १५ हजार र वेष्ट गोलकिपर, वेष्ट डिफेन्स, वेष्ट मिडफिल्डर, वेष्ट फर्वाड, वेष्ट कोच, उदयमान खेलाडी प्रत्तेकलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको मेन अफ द म्याचले नगद ५ हजार पाउने छ ।

जम्मा ८ टोलिको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ ।

सम्बन्धित खवर