वर्षेनी सैयौँ पर्यटकको राहदानी हराउदै ः किन हराउँछ ?

वर्षेनी सैयौँ पर्यटकको राहदानी हराउदै ः किन हराउँछ ?

पर्यटक प्रहरीको तथ्याङ्क अनुसार यस वर्ष दुई सय ५४ पर्यटकले राहदानी हराएको भन्दै निवेदन दिएका छन् । पर्यटक प्रहरी भृकुटीमण्डपदेखि अन्य कार्यालयहरूमा पर्यटकले यस्तो निवेदन दर्ता गराएका हुन् ।
गत आर्थिक वर्षमा ६ सय बढी उजुरी दर्ता भएका थिए । जसमध्ये कागजात हराएको एक सय ५३ थिए भने बाँकी राहदानी हराएका थिए ।
सबैभन्दा धेरै राहदानी हराएको भन्दै निवेदन दर्ता हुनेगरेको पर्यटक प्रहरी प्रमुख अमृत बस्नेतले बताए । नेपालमा आएर धेरै समय बसेको र भिषाको अवधि सकिएपछि पर्यटकले आफूलाई सहजता होस् भन्दै प्रहरीलाई राहदानी हराएको निवेदन दिने गरेको प्रहरीको बुझाई छ ।
पर्यटकको भिसामा कडाइका साथ नियमन गर्नु जरुरी रहेको व्यवसायी सुर्दशन न्यौपाने बताउँछन् । उनले पर्यटन वर्षलाई सफल पार्दै नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य भए पनि गलत नियतका साथ आउने व्यक्तिलाई नियमन गर्नु पनि राज्यको दायित्व भएको बताए ।
नियमन नहुँदा पर्यटकको नाममा गैरकानुनी व्यक्ति भित्रिने र लामो समय बसेर अवैध गतिविधि समेत गर्ने गरेको प्रहरीको तथ्याङकमा उल्लेख छ ।

सम्बन्धित खवर