प्रदेश एकको खेतीयोग्य जमिनमा सिंचाइ अभाव

प्रदेश एकको खेतीयोग्य जमिनमा सिंचाइ अभाव

बिहीबार ०७, कार्तिक २०७६
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १ का सचिव डा.विमलकुमार निर्मलले प्रदेशको ६२ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइको अभाव रहेको बताएका छन् । ३९औं विश्व खाद्यदिवस तथा गरीबी निवारण दिवसका अवसरमा मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा उनले तथ्यांक प्रस्तुत गरेका हुन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सचिव निर्मलले सिँचाइ नपुग्दा उत्पादकत्वमा समेत कमी आएको बताए । कार्यपत्र प्रस्तुत गर्दै निर्मलले प्रदेश १ ले आवधिक योजना बनाइसकेको जानकारी दिँदै सिँचाइको सुविधा बढाउन सके उत्पादकत्व बढेर जाने बताए ।
मन्त्रालयले आगामी ५ वर्ष्भित्र मकैको उत्पादनमा वृद्धि गरी २ दशमलव ५ प्रतिशतबाट ४ दशमलव २५ मेट्रिक टन, धानको उत्पादन ३ दशमलव ५ प्रतिशतबाट ५ मेट्रिक टन र माछाको उत्पादन ४ दशमलव ८ बाट ६ मेट्रिक टन पुर्याउने लक्ष्य लिएको उनले बताए ।
उनले नेपालका ३३ जिल्ला खाद्य सुरक्षाको मारमा परेको बताउँदै नेपालका मध्य तथा सुदूरपश्चिमका अधिकांश हिमाली जिल्ला यसबाट प्रभावित रहेको बताए ।

सम्बन्धित खवर