मोरङको विभिन्न ५ स्थानमा प्रहरी चौकी बन्दैै

मोरङको विभिन्न ५ स्थानमा प्रहरी चौकी बन्दैै

मोरङका विभिन्न ५ स्थानमा प्रहरी चौकी थप्न संघीय सरकारले स्वीकृती दिएको छ । थपिने मध्ये एक लेटाङको बुधबारेमा बन्न लागेको हो ।
यस्तै तारेगामा पनि प्रहरी चौकी बन्ने भएको छ जुन माओवादी द्वन्द्वकालमा विस्थापीत भएको थियो । अन्य ३ भने नयाँ स्थानमा राख्न लागिएको मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले बताए ।
मोरङको बुढीगंगा गाउँपालिकाको बाँसबारी, ग्रामथान गाउँपालिकाको तेतरीया, कटहरी गाउँपालिकाको कटहरी, र जहदा गाउँपालिकाको तारेगामा प्रहरी कार्यालय स्थापना गर्न लागिएको हो ।
३१ वटा प्रहरी चौकी रहेको मोरङमा अब प्रहरी चौकीको संख्या ३६ पुग्ने भएको छ यस्तै दरबन्दी समेत बढेर १ हजार ३ सय २ जनाबाट बढेर १ हजार ३ सय ७७ जना पुग्ने भएको छ ।
अब जग्गा प्राप्ती र भौतिक संरचना निर्माण भएपछि प्रहरी चौकी सञ्चालनमा आउने प्रहरी प्रमुख अधिकारीले बताए । प्रत्येक चौकीकोलागि १५ जनाको दरले दरबन्दी आएको उनले बताए ।

सम्बन्धित खवर