उपत्यकामा पटाका रोक्न कडा चेकजाँच हुदै , राति १० बजेदेखि देउसीभैलो खेल्न नपाइने

उपत्यकामा पटाका रोक्न कडा चेकजाँच हुदै , राति १० बजेदेखि देउसीभैलो खेल्न नपाइने

 

तिहारमा हुन सक्ने अपराधिक गतिविधीलाई गडाइ गर्नुका सााथै प्रतिबन्धीत पटाका आयातमा कडाइ गर्न काठमाडौं छिर्ने विभिन्न नाकामा कडा सुरक्षा जाँच हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रमुख जिल्ला अधिकारीको संयोजनमा बसेको बैठकले सो निर्णय गरेको हो। बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जिवन आचार्यले बताए ।
तिहार तथा छठ पर्व मनाउने क्रममा आतिशबाजी, पटाका जस्ता प्रज्वलनशीत पदार्थको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा नियन्त्रण गरिने उनले जानकारी दिए। यसैगरी, घरधनीको स्वीकृति लिएर बिना करकाप राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने उनले प्रष्ट पारे।

सम्बन्धित खवर